१५ आश्विन २०८१, मंगलबार

आतंकवादीहरूको खतरालाई औंल्याउँदै स्वीडेनले सुरक्षा बढायो

प्रकाशित मिति :  18 August, 2023 11:34 am


काठमाडौँ । आतंकवादीहरूको खतरालाई औंल्याउँदै स्वीडेनले सुरक्षा सतर्कता बढाएको छ ।

स्वीडिस सुरक्षा सेवा (एसएपीओ) ले बिहीवार आतंकवादीहरूको खतरा बढ्दै गएको भन्दै थप सतर्कता बढाएको बताएको हो । स्वीडिस सुरक्षा सेवाका महानिर्देशक चार्लोट भोन एसेनले इस्लामवादीहरूले थप हिंसात्मक गतिविधि बढाएकाले सुरक्षा व्यवस्था कडा बनाइएको बताए ।

यो खतरा लामो समयसम्म रहने स्वीडेनले बताएको छ । स्वीडेन र डेनमार्क दुवै देशको राजधानीमा केही आतंकवादीहरूले कुरान जलाएपछि विश्वका मुस्लिम देशहरूले त्यसको आलोचना गर्दै आएका छन् ।

सोही विषयलाई लिएर स्वीडेनमा सुरक्षा चुनौति बढेको हो । स्वीडेनले यसअघि पनि १८ नोभेम्बर सन् २०१५ देखि २ मार्च सन् २०१६ सम्म सुरक्षा सतर्कता बढाएको थियो ।



प्रतिक्रिया दिनुहोस !