१५ आश्विन २०८१, मंगलबार

पूर्वप्रधानमन्त्रीहरू परेपछि गठबन्धनले बालुवाटार जग्गा प्रकरण सामसुम पार्ने निर्णय गरेको छ : राजेन्द्र लिङ्देन

प्रकाशित मिति :  18 August, 2023 4:46 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गरेका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष लिङ्देनले सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा मन्त्रीपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धानको आदेश दिएपनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको बताए । उनले जनतालाई भ्रममा राखेर सरकारले ठूला भ्रष्टाचारविरुद्धका काम गरेँ भनेर दंगा पिटेको बताए । उनले सरकार यसरी नै चलिरहने हो भने २०८४ सालको निर्वाचन नआउने दाबी गरे ।

अध्यक्ष लिङ्देनले ललिता निवास जग्गा प्रकरणबारे अनुसन्धान गर्न बाध्य बनाएका प्रहरी अधिकृतहरुलाई घटना सामसुम बनाउन सरकारले सरुवा गर्न लागेको बताए । उनले नेपाल शक्ति देशको प्रतिस्पर्धा स्थल बनिरहेको बताए । उनले सरकार एकातिर भ्रष्टाचारविरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कोतिर भ्रष्टाचारीको संरक्षण गरेर सरकार टिकाउने काममा लागेको बताए ।

अध्यक्ष लिङ्देनले सरकार देशमा अकण्टक लुट मच्चाउने योजना बनाइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !