१५ आश्विन २०८१, मंगलबार

एसिया कप क्रिकेट खेल्न बुधबार पाकिस्तान जाँदै नेपाली टोली

प्रकाशित मिति :  18 August, 2023 5:44 pm


काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपाली क्रिकेट टोलीलाई आगामी बुधबार पाकिस्तान जाने भएका छन् ।

एक साता पाकिस्तानमा तयारी गर्न नेपाल क्रिकेट संघ(क्यानले राखेको प्रस्ताव स्वीकृत भएसँगै नेपाली क्रिकेट टोली अगष्ट २३ तारिखमा पाकिस्तान जाने तयारी भएको क्यानले जनाएको छ ।

नेपालले प्रतियोगिताअन्तर्गत पहिलो खेल अगष्ट ३० तारिखमा पाकिस्तानसँग खेल्दैछ । नेपालले समूहगत चरणमा पाकिस्तान र भारतसँग खेल्दै छ।

प्रतियोगिताका लागि नेपालको १७ सदस्यीय राष्ट्रिय टोली घोषणा भइसकेको छ । एसिया कपमा नेपाल पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस !