१५ आश्विन २०८१, मंगलबार

वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीति बनाउन सरकारलाई निर्देशन

प्रकाशित मिति :  18 August, 2023 6:11 pm


काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिले वन पैदावारको व्यवस्थित उपयोगमा प्रभावकारी नीति बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले वन पैदावारको व्यवस्थित उपयोगका लागि भएका कानुनहरुलाई समसामयिक बनाउन निर्देशन दिएको हो ।

समिति सभापति प्रकाश पन्थले जैविक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीतिहरु बनाउन र कानुनहरु समसामयिक बनाउनुपर्ने सुझाव दिएको बताए । उनले जलवायु परिवर्तन र यसले पुर्‍याएको असर तथा प्रभाव कम गर्न आवश्यक नीति नियम तर्जुमा गर्न पनि सरकारलाई सुझाव दिए ।

‘जलवायु परीवर्तन यसले पुर्‍याएको असर र प्रभाव कम गर्न आवश्यक नीति नियम तर्जुमा गर्नुपर्ने देखियो । संघ, प्रदेश र स्थानीय तहको सरकारलाई अझै बलियो र प्रभावकारिता बनाउनुपर्ने छलफलको निष्कर्ष रहृयो । वन संरक्षणमा भएको प्रगतिसँग यसको सदुपयोग गर्ने कुरा कार्बन व्यापारबाट प्राप्त हुने सहयोगहरु सम्बन्धित क्षेत्रमा नै खर्च गर्नुपर्ने देखिन्छ,’सभापति पन्थले भने, ‘नेपालका मुद्दालाई विश्वसामु बलियो रुपमा उठाउनुपर्ने देखिन्छ । जैविक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थित उपयोगमा प्रभावकारी नीतिहरु बनाउने र कानुनहरु समसामयिक बनाउनुपर्ने सुझाव दिएको छ । अन्तरमन्त्रालय समन्वयको अभाव देखिएको छ ।’

सभापति पन्थले विश्व जलवायु सम्मेलनमा नेपालले प्रभावकारी तवरबाट सहभागी हुनेगरी मुद्दाहरु विश्वसामु उठाउन र आपसी सहयोग गरी तयारी गर्न वन मन्त्रालयलाई निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस !