१५ आश्विन २०८१, मंगलबार

स्थानीय तहको अधिकार पनि केन्द्रबाटै प्रयोग गरौँ भन्ने मानसिकता छ : नेता निधी

प्रकाशित मिति :  19 August, 2023 3:26 pm


काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रीय तहबाटै निर्देशित हुनुपर्छ भन्ने मानसिकता हाबी टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेसका स्व. नेता प्रदीप गिरीको स्मृति दिवसलाई आज काठमाडौँमा सम्बोधन गर्दै नेता निधिले स्थानीय तह र प्रदेश सरकारलाई संविधानले अधिकार दिएको भएपनि गृहमन्त्री वा प्रधानमन्त्रीले नै अधिकार प्रयोग गर्नुपर्छ भन्ने मानसिकताबाट नेतृत्व वर्ग निर्देशित रहेको टिप्पणी गरे ।

नेता निधीले अवशिष्ट अधिकार नेतृत्वले लिनका लागि संविधानमा राख्न पहल गर्दापनि काँग्रेसका नेताहरूले नमानेको उल्लेख गरे । अवशिष्ट अधिकार सार्वभौम जनतामा निहीत हुनुपर्ने उनको भनाई थियो । निधिीले भने,“ संविधानमा प्रष्ट लेखिएको अधिकार समेत केन्द्रीय तहबाटै हुनुपर्छ भन्ने अहिले पनि छ ।”

नेता निधीले स्व. गिरी बहुप्रतिभाशाली व्यक्ति रहेको उल्लेख गर्दै उहाँको जीवन राजनीतिक कर्मीका लागि प्रेरणादायी रहेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !