१५ आश्विन २०८१, मंगलबार

सभापति पुनद्वारा महिला नेतृत्वको विकासमा जोड

प्रकाशित मिति :  19 August, 2023 4:28 pm


रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले महिला नेतृत्वको विकासका लागि विभिन्न गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

बुटवल लेडी जेसिजको ‘जेसिज सप्ताह’समापन समारोहलाई सम्बोधन गर्दै सभापति पुनले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा जस्ता सरकारका विभिन्न तहमा महिलाको सहभागिता अनिवार्य भएकोको भन्दै नेतृत्व विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेतृत्व विकास हुने गरी विभिन्न गतिविधि सन्चालन गर्नु पर्ने भन्दै सभापति पुनले महिलाको समान सहभागिताले मात्र समतामूलक समाज निर्माणमा जोड पुग्ने धारणा राखे ।

सरसफाइ, युवाको नेतृत्व विकास र राष्ट्र निर्माणका विभिन्न सामाजिक चरणमा जेसिजको भूमिका प्रशंसायोग्य रहेको उनको भनाई थियो ।

सभापति पुनले लोकतान्त्रिक शासन व्यवस्थालाई थप बलियो र प्रभावकारी बनाउन महिला सशक्तीकरण गर्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !