१५ आश्विन २०८१, मंगलबार

नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला संयोजकमा पूर्ण केसी

प्रकाशित मिति :  19 August, 2023 8:56 pm


दाङ । नेकपा (माओवादी केन्द्र) ले रोल्पा जिल्ला संयोजकको जिम्मेवारी पूर्ण केसीलाई दिएको छ ।

रोल्पा नगरपालिकाका पूर्व मेयर केसीलाई लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी)मा बसेको चौथो पूर्ण बैठकले संयोजकको जिम्मेवारी दिएको हो । यसअघि गुणेन्द्र घर्ती जिल्ला संयोजक थिए ।

घर्तीलाई बैकल्पिक केन्द्रीय सदस्य बनाएर माओवादी केन्द्रले रोल्पा संयोजक केसीलाई बनाएको हो ।

विद्यार्थीकालदेखि नै राजनीति सुरु गरेका केसी २०५४ साल जेठ १५ गतेदेखि जनयुद्धमा भूमिगत भएका थिए । हेटौँडा महाधिवेशन अयोजक समिति सदस्य भइसकेका केसी अहिले लुम्बिनी प्रदेश सचिवालय सदस्य रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !