१५ आश्विन २०८१, मंगलबार

माओवादी केन्द्रको तीन महिने अभियान अन्तर्गत दाङ संयोजकको जिम्मेवारी जयपुरी घर्तीलाई

प्रकाशित मिति :  20 August, 2023 8:13 am


दाङ । नेकपा (माओवादी केन्द्र)ले भदौ १६ देखि सुरु गर्न थालेको तीन महिने अभियान अन्तर्गत दाङको संयोजक जयपुरी घर्तीलाई दिइएको छ ।

लुम्बिनी प्रदेश सचिवालयले प्रदेशका सबै १२ वटै जिल्लाको संयोजक तोक्दै प्रदेश राजधानी रहेको दाङको जिम्मेवारी स्थायी समिति सदस्य घर्तीलाई दिएको हो ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ माओवादी केन्द्रले देशैभरि एकैपटक ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सुरु गर्दै छ । माओवादी केन्द्र लुम्बिनीले अभियानको तयारी थाल्दै जिम्मेवारी बाँडफाँड गरेको हो ।

घर्तीले सबै पालिका, वडामा पुग्ने, दैनिक रुपमा जनतासँग जोडिने, सरकारले गरेको राम्रो कामको प्रचार गर्ने र पार्टीको कमजोरीबारे जनतासँग छलफल गर्ने घर्तीले जानकारी दिइन् ।

उनले भनिन्,“पार्टीले एउटा जिम्मेवारी दिएको छ, प्रदेश राजधानी भएकाले पनि दाङ महत्वपूर्ण जिल्ला हो, पार्टीलाई माथि उठाउने गरेर काम गर्छु ।”



प्रतिक्रिया दिनुहोस !