१५ आश्विन २०८१, मंगलबार

वडाअध्यक्षको निधनमा गुल्मीको मुसिकोटमा शोक बिदा

प्रकाशित मिति :  20 August, 2023 9:01 am


गुल्मी । मुसिकोट नगरपालिकाले वडाअध्यक्ष मोहन घिमिरेको निधनमा आइतबार शोक बिदा दिएको छ ।

नगरपालिकाले वडानम्बर १ का वडाअध्यक्ष घिमिरेको निधनमा आइतबार एक दिन शोक बिदा दिने निर्णय गरेको हो ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेको केही घण्टापछि रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा ।’ उनले स्टाटसमा लेखेका थिए ।

घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका सभापति समेत रहेका थिए ।



प्रतिक्रिया दिनुहोस !