१५ आश्विन २०८१, मंगलबार

समाजवादी मोर्चाको बैठक बस्दै

प्रकाशित मिति :  20 August, 2023 9:46 am


काठमाडौँ । आज समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठक आज साँझ ६ बजे नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालय आलोक नगरमा बस्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक बस्न सकेको थिएन । विद्यार्थी संगठनको कार्यक्रममा भने समाजवादी मोर्चाका नेताहरु एकसाथ देखिएका थिए ।

त्यस यता समाजवादी मोर्चाको बैठक सर्दै आएको थियो । आजको बैठकमा समसामयिक राजनीति र भ्रातृ संस्थाहरुबारे छलफल हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !