१५ आश्विन २०८१, मंगलबार

काठमाडौंको ढुंगेधारामा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु

प्रकाशित मिति :  20 August, 2023 11:26 am


काठमाडौं । काठमाडौंमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । आइतबार विहान (आज) काठमाडौं वडा नम्बर १५ मा ढुंगेधारामा बालाजुबाट कलंकीतर्फ गइरहेको यात्रुवहाक वसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

अन्नपूर्ण चोकस्थित मूल सडकखण्डमा आज बिहान साढे ७ बजे ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशा जाँदै गरेको बागमती प्रदेश ०२–०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका घर हुने अन्दाजी ३२ वर्षीया अनिता थापा र नामथर वतन नखुलेको अन्दाजी ३२ वर्षका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते अवस्थामा त्रिवि शिक्षण अस्पताल लगिएका उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा नामथर वतन बताउन नसक्ने अन्दाजी १० वर्षकी बालिका घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेको र स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस !