१५ आश्विन २०८१, मंगलबार

संसदको अवरोध खुलाउन राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गर्दै प्रधानमन्त्री

प्रकाशित मिति :  20 August, 2023 11:55 am


काठमाडौं । संसद्‌को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ले छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग संसद् बैठकको अवरोध खुलाउने विषयमा छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयकाअनुसार प्रधानमन्त्रीले राष्ट्रिय दलका शीर्षसहितका नेतासँग छलफल गर्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा अहिले दिउँसो १२ बजेपछि बैठक आव्हान गरिएको छ ।

संसदको गतिरोध अन्त्य गरेर नियमित प्रक्रियामा लैजान प्रधानमन्त्रीले शुक्रबार सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए।

गत निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय मान्यताप्राप्त पार्टी बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !