१५ आश्विन २०८१, मंगलबार

भदौ १० गतेदेखि प्रिमियममा आइपीओ जारी गर्दै माण्डु हाइड्रोपावर

प्रकाशित मिति :  20 August, 2023 12:37 pm


काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले सर्वसाधारण्को लागि प्रिमियममा साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । यहि भदौ १० गतेदेखि कम्पनीले १३ लाख ६ हजार ३०६ कित्ता सेयर प्रिमियममा निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आवेदन खुला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता सेयर आयोजना प्रभावितलाइृ छुट्याएको थियो त्यसमध्ये बिक्री नभएको ७९ लाख ३० कित्ता सहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो।

यसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ भने ७२ हजार १३३ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।

यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।

उक्त आइपीओ छिटोमा भदौ १३ गते हुनेछ भने ढिलोमा भदौ २४ गते बन्द हुने कम्पनीले जनाएको छ । सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा ‘मेरो सेयर’ प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।



प्रतिक्रिया दिनुहोस !