१५ आश्विन २०८१, मंगलबार

माओवादी केन्द्रको तीन महिने अभियान : स्याङ्जामा संयोजकको जिम्मेवारी राजकाजी गुरुङलाई

प्रकाशित मिति :  20 August, 2023 1:09 pm


काठमाडौँ । नेकपा माओवादी केन्द्रले भदौ १६ देखि सुरु गर्न थालेको तीन महिने अभियान अन्तर्गत स्याङ्जा जिल्लाको संयोजक राजकाजी गुरुङलाई दिइएको छ ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ माओवादी केन्द्रले देशैभरि एकैपटक ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सुरु गर्दैछ । त्यही अनुरुप माओवादी केन्द्रले गण्डकी प्रदेशमा पनि अभियानको तयारी थालेको हो ।

गुरुङका अनुसार जिल्लाका एघारै पालिकाको नेतृत्व एक एक जना केन्द्रिय सदस्यले गर्ने छन् । साथै हरेक गण्डकी प्रदेश कमिटी सदस्यले जिल्लाका तीन देखि पाँच वटा वडा पुग्ने छन्।



प्रतिक्रिया दिनुहोस !