१५ आश्विन २०८१, मंगलबार

बिना निष्कर्ष टुंगियो सभामुख र प्रमुख सचेतकहरुबिचको छलफल

प्रकाशित मिति :  20 August, 2023 1:08 pm


काठमाडौं । सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकबिचको बैठक बिना निष्र्कष टुंगिएको छ । संसदको गतिरोध अन्त्यका लागि सभामुखले आज दलका प्रमुख सचेतसँग छलफल गरेका थिए ।

सत्ता पक्ष र प्रमुख प्रतिपक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि बैठक निष्र्कषबिहीन भएको स्रोतले जनाएको छ ।

बैठकमा प्रमुख प्रतिपक्ष एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने अडान दोहोर्‍याएको छ भने सत्तारुढ दलहरु त्यसमा सहमत नहुँदा बैठक विना निष्र्कष टुंगिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए ।
उनले भने, ‘अहिले सत्तापक्ष र प्रतिपक्षको अडान उही छ। अझै प्रतिपक्षले हामी बलियोसँग उभिन्छौँ भन्ने अडान राखेको छ। अब यहाँ कुरा मिल्न सकेन। अब प्रधानमन्त्रीले डाक्नुभएको बैठकमा कुरा मिल्ला कि भन्ने अपेक्षा छ।’

बैठकमा सभामुखले सांसदहरु पनि भत्ता मात्र खान्छन् भन्ने नकारात्मक सन्देश जनतामा गएको भन्दै दलहरु गम्भीर हुनुपर्ने बताए ।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतक सहभागी थिए।



प्रतिक्रिया दिनुहोस !