१५ आश्विन २०८१, मंगलबार

हवाई डढेलोः एक हजार बेपत्ता, उद्धार कार्य जारी

प्रकाशित मिति :  20 August, 2023 2:10 pm


काठमाडाैँ । अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलोका कारण हालसम्म ११४ जनाले ज्यान गुमाएका छन् भने ६० प्रतिशत बढी डढेलोग्रस्त क्षेत्रमा उद्धार टोलीले निरीक्षण गरेको छ ।

हवाई राज्यका प्रमुख जोस ग्रिनले डढेलोका कारण ज्यान गुमाउनेको संख्यामा अझै वृद्धि हुनसक्ने बताएका छन् । उनले डढेलो लागेको सबै क्षेत्र अझै अनुगमन गर्न नसकिएको भन्दै उद्धार कार्य जारी रहेको बताए । उनले डढेलोका कारण त्यहाँ अवस्था बयान गर्न कठिनाइ भइरहेको र ६ बिलियन सम्पती ध्वस्त भएको अनुमान गरिएको बताए । उनले २२ सय भवनहरु ध्वस्त हुनुका साथै अन्इ ५ सय बढी भवनमा क्षति पुगेको बताएका छन् ।

डढेलोको कारण माउईको लोकप्रिय पर्यटकीय स्थल पहिलाको हवाई राज्यको राजधानी ऐतिहासिक शहर लाहाइनाको धेरैजसो भूभाग जलेर नष्ट भएको छ । त्यहाँ १३ हजार बासिन्दाहरु बस्ने गर्दथे । कम्तिमा अझै १ हजार मानिस बेपत्ता भएकाले उद्धारका टोलीहरु थपेर कार्यमा खटाइएको बताए । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार माउई राज्यका जीवित उद्धार गरिएका परिवारहरूसँग भेट्ने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस !