१५ आश्विन २०८१, मंगलबार

भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत भन्सार

प्रकाशित मिति :  20 August, 2023 3:02 pm


काठमाडौं । प्याजको मूल्य वृद्धि उच्च बनेपछि भारतले निर्यातमा ४० प्रतिशत भन्सार शुल्क लगाएको छ ।

देशमा प्याजको मूल्य नियन्त्रण गर्न भारत सरकारले ३१ डिसेम्बर सम्म निर्यातमा ४० प्रतिशत भन्सार कर लगाउने भएको भारतीय अर्थमन्त्रालयले जनाएको छ ।

अहिलेसम्म प्याजको निकारीमा शुल्क लाग्ने थिएन । यो कदमबाट भारतले प्याजको उपलब्धतालाई कायम राख्न र मूल्य नियन्त्रण राख्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।

उपभोक्ता मामिला मन्त्रालय भारतको तथ्यांकअनुसार शनिबार प्याजको औसत खुद्रा मूल्य प्रतिकिलो ३०.७२ रुपैयाँ रहेको छ सबैभन्दा बढि ६३ रुपैयाँ किलोसम्म बिक्री भइरहेको छ ।

भारतको उक्त कदमले चाडपर्वको मुखमा नेपाली बजार प्रत्यक्ष प्रभावित हुने व्यवसायीहरु बताउँछन् । भारतले निर्यातमा कर लगाएसँगै अब बजारमा प्याजको मूल्य वृद्धि हुन्छ ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालले गत वर्षमा ६ अर्ब ७५ करोड ९ लाख २३ हजार रुपैयाँ बराबरको १८ करोड १ लाख ९० हजा २ सय ४० किलो प्याज आयात गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !