१५ आश्विन २०८१, मंगलबार

प्रतिनिधि सभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

प्रकाशित मिति :  20 August, 2023 5:06 pm


काठमाडौ । प्रतिनिधिसभा बैंठक आज बस्दै नबसी स्थगित भएको छ । भदौ ३ गते आइतबार (आज) बस्ने भनिएको संसद बैठक बस्दै नबसी भदौ ५ गतेसम्मको लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

गत साउन ३ गते त्रिभुवन विमानस्थलबाट जाँचपास भएर भेटिएको तस्करीको सुन प्रकरणको प्रतिपक्षले उच्चस्तरीय छालनविन समिति गठन गनर््पर्ने माग गर्दै संसद अवरोध गरेको छ ।

सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताको बैठकले संसद सञ्चालन गर्ने विषयमा सहमति जुटाउन नसकेपछि ५ भदौसम्मका लागि संसद बैठक स्थगित गरिएको हो ।

बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष आ–आफ्नो अडानमा बसेपछि बैठक विना निष्र्कष टुंगिएको छ ।



प्रतिक्रिया दिनुहोस !