१५ आश्विन २०८१, मंगलबार

नेप्से परिसूचकमा २१ अंकको गिरावट

प्रकाशित मिति :  20 August, 2023 5:19 pm


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक २१.९१ अंकले घटेर २०११.२२ अंकमा झरेको छ ।

आज नेप्ससेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार कारोबार रकमका आधारमा आइएमई लाईफ इन्स्योरेन्स सर्वाधिक अग्रस्थानमा रहेको छ । कम्पनीको ६ करोड ६३ लाख १ हजार ७० रुपैयाँको कारोबार भएको छ ।

आजको दिन फरवार्ड लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका भने १०.३५ प्रतिशत एग्रिकल्चर डेभलपमेन्ट बैंक –२०८३ डिबेन्चरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

कुल २६९ कम्पनीको ४४ लाख ५९ हजार ४ सय ५९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४४ करोड ७४ लाख ८ हजार ९ सय ४२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !