१५ आश्विन २०८१, मंगलबार

आज नागपश्चमी, नाग देवताकाे पूजा गरिँदै

प्रकाशित मिति :  21 August, 2023 7:09 am


काडमाडाैँ । आज (साेमवार) नागपश्चमी । हिन्दू संस्कार अनुसार आज घरघरमा नाग टाँसेर, नागकाे पूजा गरेर नागपञ्चमी मनाइँदैछ । 

आजकाे दिन नागहरु अकिंत चित्र आ-आफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो र डोरो लिएर नाग टाँस्ने प्रचलन छ । घरकाे दैलो या मूल खाम्बाेमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ। 

हरेक वर्षा श्रावण शुक्लपक्षको पञ्चमीकाे दिन नागदेवताकाे पुजा गर्ने गरिन्छ । आज गरिएकाे पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेकाेछ।

वर्षा सकिँदै गर्दा पर्ने नागपश्चमीसँगै हिन्दु संस्कार मान्नेहरूका लागि चाडवाड नजिन आउन थालेकाे सन्देश दिएकाे पनि मान्ने गरिन्छ।

बैधिक दर्शनमा अनन्त, वासुकी, शेष, पद्यम्, कम्बला, कारकोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला गरी १२ नागकाे पुजा गर्नु पर्ने मान्यता छ। 

नागदेवताको पूजा अर्चनाका लागि दुध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा (भुटेर फूल उठेको धान) चढाउने गरिन्छ । गहुँकाे पीठाेबाट नागकाे प्रतिमा बनाउने वा चित्रमा नागकाे पूजा गरिन्छ।



प्रतिक्रिया दिनुहोस !