१५ आश्विन २०८१, मंगलबार

सातै प्रदेशमा पानी पर्ने

प्रकाशित मिति :  21 August, 2023 7:33 am


फाइल फाेटाे

काठमाडाैँ । साेमवार सबै प्रदेशमा मध्यमदेखि भारी वर्षासम्मकाे सम्भावना रहेकाे जल तथा माैसम पूर्मानुमान विभागले जनाएकाे छ । 

विभागका अनुसार सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएकाे छ। 

वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुराेध गरिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !