१५ आश्विन २०८१, मंगलबार

स्याङ्जाको गल्याङ नगरपालिकाबाट अवैध कपडा बरामद

प्रकाशित मिति :  21 August, 2023 10:52 am


स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाबाट प्रहरीले हिजाे (आइतबार) अवैध कपडा बरामद गरेको छ ।

बुटवलबाट गल्याङतर्फ आउँदै गरेको ग १ ख ३८५४ नम्बरको हाईस चेकजाँच गर्ने क्रममा गल्याङ नगरपालिका वडा नम्बर १ राम्दीबाट जयपुरी पालतो कुर्ता ३० थान, बाक्लो कुर्ता २० थान र सुती साडी २० थान गरी जम्मा ७० थान कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

गल्याङ नगरपालिका वडा नम्बर १ राम्दीमा हाईस चेकजाँच गर्ने क्रममा नवलपरासी सुनौल नगरपालिका वडा नम्बर २ मुखियाटोल बस्ने अजय गुप्ताले अवैध रूपमा ल्याउदैँ गरेको कपडा बरामद गरिएको खनालले जानकारी दिए ।

७० थान कपडाको अन्दाजी मुल्य रु ।४४ हजार रहेको प्रहरीले बताएको छ । प्रहरीले गुप्तालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !