१६ आश्विन २०८१, बुधबार

काठमाडौँ महानगरद्धारा दुई सहकारीको दर्ता खारेज

प्रकाशित मिति :  21 August, 2023 11:26 am


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुईवटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ।

आज (सोमबार) सार्वजनिक सूचना निकालेर महानगरको सहकारी विभागले दुईवटा सहकारी संस्थाको दर्ता खारेजी भएको जनाएको हो ।

साउन १६ गते बसेको बैठकले वडा नम्बर ५ मा कार्यालय रहेको ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र वडा नम्बर ७ मा कार्यालय रहेको सुकस बचत तथा ऋण सहकारी संस्थाको दर्ता खारेज गर्ने निर्णय गरेको हो।

महानगरको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ अनुसार यी संस्थाहरूको दर्ता खारेजी गरिएको हो ।

ज्येष्ठ नागरिकको दर्ता नम्बर २५०२÷०६६–०६७ र सुकरको दर्ता नम्बर १९३७÷०६५–६६ रहेको थियो।



प्रतिक्रिया दिनुहोस !