१६ आश्विन २०८१, बुधबार

दोस्रो बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर कारोबार खुल्यो

प्रकाशित मिति :  21 August, 2023 12:00 pm


काठमाडौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको सेयर कारोबार आजदेखि खुला भएको छ । कम्पनीको सेयर आज सोमबार धितोपत्र दोस्रो बजारमा स्पेशल प्रि–ओपन सेसनमा पहिलो कारोबार भएसँगै नियमति सत्रका लागि कारोबार खुला भएको नेप्सेले जनाएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्ज भित्रै पहिलो कारोबार भएको छ । नेप्सेले दोस्रो बजारमा कारोबारको लागि प्रतिकित्ता न्यूनतम १५९.६७ पैसा देखि अधिकतम ४७९.०१ रुपैयाँमा तोकेको थियो । प्रि–सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ४७९ रुपैयाँमा किनबेच भएको छ। ।

नेप्सेले यो कम्पनीलाई ‘केबीएसएच’ कारोबार संकेत प्रदान गरेको छ।

कम्पनीको आईपीओ हिजो (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो। कुनै पनि कम्पनीको साधारणस सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारमा आउने गर्छ।

नेप्सेमा यो कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल १२ लाख १८ हजार ६७५ कित्ता सेयर सूचीकृत भएको छ।



प्रतिक्रिया दिनुहोस !