१६ आश्विन २०८१, बुधबार

पहिचानको आधारमा प्रदेशको नामकरण भए समाजको द्वन्द्व हटाउन सक्छौँः महामन्त्री थापा

प्रकाशित मिति :  21 August, 2023 1:33 pm


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामकरणको विषयमा स्व। प्रदीप गिरिले दिएको विचारसँग नेपाली कांग्रेस सहमत हुनसके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका छन् ।

सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित स्व। प्रदीप गिरिको स्मृति सभाको अवसरमा आयोजित कार्यक्रममा उनले आफू केही दिनअघि मात्रै झापा र इलाम पुगेर आएको भन्दै कोशी प्रदेशमा नामकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै बताए ।

उनले स्व। प्रदीप गिरिको विचारलाई जम्मा गरेर कांग्रेसले राख्ने हो भने मात्रै पनि २० वर्षसम्मका लागि कांग्रेसमा आउने समस्या सहजै समाधान गर्न सकिने बताए ।

उनले भने, ‘उहाँले यति धेरै कुरा बोल्नु, लेख्नुभएको छ, उहाँका फुटकर लेखहरु, रचनाहरु, यो सबैकुरालाई पार्टीबाट प्रकाशन गर्नुपर्छ, जम्मा गर्नुपर्छ र उहाँले भन्नुभएका कुरालाई सिलसिलावद्ध मिलाएर उहाँले बताउन खोज्नुभएको, भन्न खोज्नुभएको कुरालाई कम्तिमा पनि अर्को १५र२० वर्षका निम्ति समस्या परेको बेलामा त्यसले कांग्रेस लाई सम्बोधन गर्नेछ । त्यसबाट एउटा आधार बन्छ । म झापा र इलाम गएर आएँ ।’

उनले पहिचानको आधारमा प्रदेशको नामकरण गर्दा समाजको द्वन्द्वलाई केही समयसम्मको लागि रोक्न सकिने स्व। गिरिको विचार कांग्रेस जस्तो मुल राजनीतिक पार्टीले प्राथमिकतामा राख्नुपर्ने बताए । ‘त्यहाँ प्रदेश १ को नामाकरण ठूलो विषय छ । तर प्रदीप गिरिले संविधान निर्माणको बेलामा राख्नुभएको विचारलाई मात्रै हेर्ने हो भने खास गरी हाम्रो नेपालको संघीयतालाई अघि बढाउने विषयका सन्दर्भमा उदारतापूर्वक नेपाली कांग्रेस जस्तो मुल राजनीतिक पार्टीले नामाकरण जस्तो विषय गर्दैगर्दा पहिचानको कुरालाई प्राथमिकता दिएर गर्नुपर्छ । यदी यसलाई ग(यौँ भने हामीले समाजको द्वन्द्वलाई चिर कालसम्म मेट्न सक्छौँ भन्नेकुराको प्रेरणा प्रदीप दाईको भनाइबाट पाउन सक्छौँ ।’

नेपाली कांग्रेसलाई बदल्ने हो, कांग्रेस को सदस्य बदल्ने, उम्मेदवार छनोट प्रक्रिया बदलेर पार्टीलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा अघि जानुपर्ने थापाले बताए । महामन्त्री थापाले कांग्रेसलाई बदल्न पार्टी सदस्यता र उम्मेदवार छनोट प्रक्रिया बदल्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !