१६ आश्विन २०८१, बुधबार

पूर्वी जेरुसेलममा सार्वजनिक यातायात सञ्चालन गर्न २६४ मिलियन अमेरिकी डलर विनियोजन

प्रकाशित मिति :  21 August, 2023 3:24 pm


काठमाडौँ । इजरायलले पूर्वी जेरुसेलममा सार्वजनिक यातायात सञ्चालनको लागि २६४ मिलियन अमेरिकी डलर विनियोजन गरेको छ । 

इजरायली यातायात र सडक सुरक्षा विभागले यस बारेमा आइतबार जानकारी दिएको हो । पूर्वी जेरुसेलमको विकासका लागि इजरायली सरकारले स्वीकृत गरेको पाँच वर्षे योजनाको एक भागको रूपमा यो योजना घोषणा गरिएको हो ।

यस परियोजनामा पूर्वी रिङ रोड सम्पन्न गर्ने बताइएको छ । यसले उत्तरदेखि दक्षिणसम्म जेरुसेलमको पूर्वी क्षेत्रलाई जोड्छ । यो योजना सन् २०१८ को इजरायली मन्त्रीपरिषद्ले गरेको निर्णयलाई कार्यान्वयन गर्नका लागि अघि बढाइएको हो । यो शिक्षा, रोजगारको विकाससँगै पूर्वी जेरुसेलमको विकास गर्ने योजनाका रूपमा हेरिएको छ । 



प्रतिक्रिया दिनुहोस !