१६ आश्विन २०८१, बुधबार

आजै विश्वासको मत लिने तयारीमा कोशी प्रदेशका मुख्यमन्त्री थापा

प्रकाशित मिति :  21 August, 2023 2:27 pm


काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । सोमबार (आज) दिउँसो बसेको सत्ता गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठक बसी आजै विश्वासको मत लिने कार्यसूची तय गरिने थापाले बताए । उपसभामुख सृजना दनुवार प्रदेशसभा बैठकको दिन उपचारको लागि भन्दै काठमाडौं हिडेपछि सत्ता गठबन्धन अलमलमा परेको थियो ।

मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिन चाहेका थिए, तर उपसभामुख सृजना दनुवारले सोमबार १ बजे समय तोकिदिइन् । तर प्रदेशसभाको बैठक बस्ने दिन बिहान उनी उपचारका लागि भन्दै काठमाडौं हिँडेपछि सत्ता गठबन्धन अलमलमा परेको थियो ।



प्रतिक्रिया दिनुहोस !