१६ आश्विन २०८१, बुधबार

११ सय एम्पुल लागुऔषध सहित कास्कीमा दुई जना पक्राउ

प्रकाशित मिति :  21 August, 2023 3:09 pm


काठमाडौ। कास्कीको घाचोक स्थित एक कृषि तथा पशुपंक्षी फारमबाट ठुलो मात्रामा लागूऔषध बरामद भएको छ । माछापुच्छ्रे ३ घाचोकमा रहेको असना कृषि तथा पशुपंक्षी फार्मबाट कास्की प्रहरीले शनिबार झन्डै ११ सय एम्पुल लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीले फार्मका संचालक स्थानीय ३२ वर्षका अमृत ठकुरी र पोखरा २९ का ३४ वर्षीय आशिक पौडेललाई पक्राउ गरेको छ ।

पोखराको न्युरोडमा रोकेर राखेको ग २ च १७६७ नम्बरको टाटाको टेल्कोलाईन गाडीलाई शंका लागि चेक जाँच गर्दा बुप्रिनफिन २० एम्पुल, फेनेरागन २० एम्पुल र डाइजापाम २० एम्पुल गरी ६० एम्पुल र ५ चक्की नाइट्रोभेट चक्की लागूऔषधसहित उनीहरु पक्राउ परेका हुन् ।

सोधपूछका क्रममा घाचोक स्थित उक्त फार्ममा पुगेको प्रहरीले बुप्रिनफिन ३६७ एम्पुल, फेनेरागन ३६५ एम्पुल र डाइजापाम ३६३ एम्पुल गरी ११५५ एम्पुल र २५५ चक्की नाइट्रोभेट फेला पारी बरामद गरेको हो ।

पक्राउ परेकाहरुमाथि लागूऔषध मुद्दामा म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !