१६ आश्विन २०८१, बुधबार

समाजवाद उन्मुख अर्थतन्त्रबारे सबै राजनीतिक दलले बहस गर्न जरुरी : प्रदीप ज्ञवाली

प्रकाशित मिति :  21 August, 2023 5:11 pm


काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले समाजवाद उन्मुख अर्थतन्त्रबारे सबै राजनीतिक दलहरूले बहस गर्न जरुरी रहेको बताएका छन् ।

स्कुल अफ डेमोक्रेसीले सोमबार काठमाडौँमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादका आयामहरू’ विषय कार्यक्रममा उनले राजनीतिक दलहरूले सत्तामा नभई संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्रबारे बहस गर्न केन्द्रित हुनुपर्ने बताएका हुन् ।

उपमहासचिव ज्ञवालीले आजको समाजवादबारे सार्थक बहस गर्न स्वर्गीय प्रदीप गिरीको चिन्तन उपयोगी हुने विश्वास समेत व्यक्त गरे । उनले नेपाली राजनीतिमा बौद्धिकताको खडेरी परिरहेका बेला स्वर्गीय गिरीले दिएको अभिव्यक्ति, लेखहरु नेपालको समाजवाद उन्मुख अर्थतन्त्रलाई अगाडि बढाउन मार्ग निर्देश हुने समेत बताए ।

उपमहासचिव ज्ञवालीले नेपालका राजनीतिक नेतृत्वमा स्खलन आइरहेका बेला पनि स्वर्गीय गिरीको असाध्यै आदर्शवान व्यक्तित्व भनि स्मरण गरे ।

उपमहासचिव ज्ञवालीले प्रदीप गिरीको आदर्श र विचारले मुलुकको राजनीतिलाई निर्देश गरिरहेको दाबी समेत गरे ।



प्रतिक्रिया दिनुहोस !