१६ आश्विन २०८१, बुधबार

वालिङ नगरपालिकामा अटो रिक्साको भाडादर निर्धारण

प्रकाशित मिति :  22 August, 2023 10:52 am


काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिकाले पालिकामा संचालनमा रहेका अटो रिक्साहरूको भाडादर निर्धारण गरेको छ ।

वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणको अध्यक्षतामा ट्राफिक प्रहरी, जीप तथा अटो व्यवसायी र उद्योग वाणिज्य संघको उपस्थितिमा बसेको बैठकले वालिङमा सञ्चालित अटो रिक्साको भाडादर निर्धारण गरेको हो ।

अटो रिक्साको भाडा कच्ची सडकमा ३ कि।मि।सम्म प्रतिव्यक्ति रु।१५ कायम गरिएको छ। पक्की सडकमा ३ कि।मि।सम्म प्रति कि।मि। प्रतिव्यक्ति रु १० कायम गरेको छ । पक्की सडकमा ३ कि।मि।भन्दा बढी दुरीमा प्रति कि।मि। प्रतिव्यक्ति रु १० कच्ची सडकमा प्रति कि।मि। प्रतिव्यक्ती रु १५ भाडादर कायम गरिएको छ ।

सोमबार बसेको बैठकले वालिङ नगरपालिकाभित्र सञ्चालनमा रहेका सवारीसाधनहरु बजार क्षेत्रमा एकतर्फी आलोपालो पार्किङ गर्ने निर्णय गरेको छ । यसैगरी स्याङ्जा पर्वत प्रा।लि।बाट सञ्चालित जीपहरू भुम्रेचोकदेखि माथि कृषि विकास बैङ्कको पछाडिको खाली जग्गामा पार्किङ गर्ने निर्णय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !