१६ आश्विन २०८१, बुधबार

एकीकृत समाजवादीको छायाँले गर्दा सर्वदलिय बैठकमा एमाले आएनः माधव नेपाल

प्रकाशित मिति :  22 August, 2023 1:25 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीको छायाँका कारण राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा नेकपा (एमाले) नगएको बताएका छन् ।

मंगलबार पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीको छायाँ परेकाले एमाले राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा नगएको बताएका हुन् ।

उनले माधव नेपालको छायाँ बैठकमा परेकाले एमालेका नेताहरू अनुपस्थित भएका बताए । उनले आफूहरूसँग त्यस्तो संकिर्णता र सानो चित्त नभएको भन्दै साझा विषयवस्तुहरूमा सबैसँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताएका छन् । नेपालले आफूहरूसँग न्युनतम संस्कार र संस्कृति रहेको उल्लेख गरे । अध्यक्ष नेपालले आफ्नो मनमा नेपाली समाजलाई मुक्ति दिलाउने र नेपालमा समाजवादलाई कसरी साकार पार्न सकिन्छ भन्ने सोच र चिन्तनमात्र रहेको बताए ।

अध्यक्ष नेपालले तत्कालिन नेकपा(एमाले)बाट बिद्रोह गर्नु उचित र जायज भएको बताएका छन् । उनले आजसम्मका घटनाक्रमहरूले आफूहरूले विगतमा गरेको बिद्रोह जायज थियो भन्ने कुरालाई बारम्बार पुष्टि हुँदै आएको जानकारी दिए ।

उनले भने, ‘त्यसबेलामा हामीले तत्कालिन पार्टी नेकपा(एमाले)बाट बिद्रोह गरेर अत्यन्तै उचित काम गरेका थियौँ । र त्यो बिद्रोह जायज थियो । औचित्यपूर्ण थियो । यस कुरामा हामी विश्वस्त हुनुपर्दछ भन्ने कुरामा म जोड दिन चाहन्छु । अहिलेसम्मका घटनाक्रमहरूले, अहिलेसम्मका सबै काम, क्रियाकलापहरूले, राष्ट्रिय राजनीतिले सामना गरेका अनेकौँ चुनौतिका घटनाक्रमहरूले हामीले त्यो चालेको कुरा ठिक थियो भन्नेकुरालाई बारम्बार पुष्टि गर्दै आएको छ । कसैकसैले औचित्यको पुष्टि गर्नका लागि निर्वाचनमा धेरै सिट जितेर अनि अर्कोलाई सानो बनाएर हामीले ठूलो बनेको भए हुन्थ्यो भन्ने पनि लाग्न सक्दछ ।

उनल बिद्रोह औचित्यपूर्ण रहेको कुरामा स्पष्ट हुन केन्द्रिय सदस्यहरूलाई आग्रह गरे । केन्द्रिय सदस्यहरू विश्वस्त भएमा तल्ला कमिटी र नेताहरूलाई पनि विश्वस्त बनाउन सकिने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !