१६ आश्विन २०८१, बुधबार

विरोधका बीच परमाणु दुषित पानी बिहीबारदेखि समुन्द्रमा फाल्ने जापानको निर्णय

प्रकाशित मिति :  22 August, 2023 1:33 pm


काठमाडौँ । जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु दुषित जल समुन्द्रमा फाल्न सुरु गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी बिहीबारदेखि दुषित पानी समुन्द्रमा फाल्ने निर्णय गरेको हो ।

सरकारको सो निर्णयको चौतर्फी विरोध भइहँदा सरकारले भने दुषित पानी समुन्द्रमा फाल्ने मिति तय गरेको छ ।

समुन्द्री पर्यावरण र सार्वजनिक स्वास्थ्यमा प्रभाव पार्ने भन्दै छिमेकी अन्य प्रशान्त द्वीप देशहरुका साथै मत्स्य व्यवसायी र स्थानीयहरूले सरकारको निर्णयको विरोध गरिरहेका छन् । जापानी सरकारले परमाणु दुषित पानी प्रशान्त महासागरमा फाल्ने निर्णय लिएपछि स्थानीयहरूले बिरोध जनाउँदै आन्दोलनसमेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !