१६ आश्विन २०८१, बुधबार

नारायणगढ– मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालन

प्रकाशित मिति :  22 August, 2023 2:00 pm


काठमाडौं । नारायणगढ– मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

सोमबार राति ८ बजे सुख्खा पहिरो झरेपछि बन्द भएको सडक आज दिउँसो १बजे देखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

इच्छाकामना ६ मा पर्ने टोपेखोलामा सुख्खा पहिरो खस्दा १७ घण्टासम्म बाटो अवरुद्ध भएको थियो । प्रहरीकाअनुसार सडक दुईतर्फी नै सञ्चालनमा आएको छ ।



प्रतिक्रिया दिनुहोस !