१६ आश्विन २०८१, बुधबार

प्रतिपक्षले सुनियोजित रूपले संसद् बैठक अवरोध गर्‍यो : सांसद मगर

प्रकाशित मिति :  22 August, 2023 5:26 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले संसदलाई जनताको समस्यामा केन्द्रित हुन नदिन प्रतिपक्षले सुनियोजित रूपमा संसद् बैठक अवरोध गरेको बताएका छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद मगरले प्रतिपक्षले संसद् बैठक नियतवश र सुनियोजित रुपमा गरिरहेको बताएका हुन् । उनले संसदलाई जनताको समस्यामा केन्द्रित हुन नदिन र ऐन, कानूनहरु निर्माण गर्न नदिनका लागि संसद् बैठक अवरोध गरिएको बताए ।

सांसद मगरले प्रमुख प्रतिपक्ष दलले सत्तापक्ष हुँदापनि संसद् विघटन गरेको र प्रतिपक्ष हुँदा पनि स–सानो कुरामा बखेडा झिकेर बैठक चल्न नदिएको बताए । प्रतिपक्षको अवरोधको कारण संसद् आफ्नो अधिकार र कर्तव्यबाट विमुख हुनुपरेको उनले बताए ।

उनले संसद् बैठक सुचारु गर्न सबैको ध्यान जानुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !