१६ आश्विन २०८१, बुधबार

रोल्पा गुम्चालको थाम लेकमा रहेको परम्परागत थान शिवालय मन्दिरमा रुपान्तरण हुँदै,आज उद्घाटन

प्रकाशित मिति :  23 August, 2023 7:55 am


राेल्पा । लुङग्री गाउँपालिका–६ गुम्चालको थाम लेकमा रहेको थान आधुनिक मन्दिरका रुपमा रुपान्तरण भएको छ ।

मन्दिरका रुपमा परम्परागत थानलाई पुननिर्माण गर्दै ६७ वर्षपछि शिवालय मन्दिरका रुपमा उद्घाटन हुन लागेको हो ।

मन्दिरको आज लुङग्री गाउँपालिका अध्यक्ष भरतकुमार थापाले उद्घाटन गर्दैछन् ।

गाउँपालिका प्रवक्ता समेत रहेको वडा नं ६ गुम्चालका अध्यक्ष जोखबहादुर बुढाथाेकीले विं.स. २०१३ सालमा निर्माण भएको मन्दिर पुनर्निर्माण गरिएको बताए ।

थाम शिव मन्दिरमा भदौ पूर्णिमाको दिन भव्य मेलाका साथ उक्त मन्दिरमा शिव देवताको पुजापाठ गरिन्छ ।

मन्दिर पुनर्निर्माणको लागि लुङग्री गाउँपालिकाबाट १० लाख ६ नं वडा गुम्चाल वडा कार्यालयबाट ५ लाख स्थानीय जनश्रमदानबाट रु. १४ लाख ८५ हजार बिभिन्न सहयोगी दाताबाट रु १८ लाख र बाँकी मन्दिरको ऋण ९ लाख ६७ हजारको लागतमा मन्दिर पुनर्निर्माण गरिएको वडा अध्यक्ष बुढाथाेकीले जानकारी दिए ।

पछिल्लो समय यो क्षेत्रलाई लुंग्री गाउँपालिका र वडाले पर्यटकीय स्थलको रुपमा विकास गर्न खोजिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !