१६ आश्विन २०८१, बुधबार

परमाणु विकिरणबाट उत्पन्न दुषित जल फाल्ने सरकारको निर्णयको विरुद्धमा ८८.१ प्रतिशत जापानी

प्रकाशित मिति :  23 August, 2023 12:33 pm


काठमाडौँ । जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्न शुरु गर्ने निर्णयसँगै बिरोध चर्किएको छ ।

मंगलबार बसेको जापनको मन्त्रीपरिषद्को बैठकले बिहीवार (भोलि) देखि परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्ने निर्णय गरेको थियो । प्रशान्त महासागरसँग जोडिने देश, स्थानीयहरुले बिरोध जनाउँदा समेत जापान सरकारले सो निर्णय गरेपछि आन्दोलन झनै चर्किएको हो ।

सरकारको सो निर्णयको चौतर्फी बिरोध भइहँदा सरकारले भने दुषित पानी समुन्द्रमा फाल्ने मिति तय गरेको थियो । समुन्द्री पर्यावरण र सार्वजनिक स्वास्थ्यमा प्रभाव पार्ने भन्दै छिमेकी अन्य प्रशान्त द्वीप देशहरूका साथै मत्स्य व्यवसायी र स्थानीयहरूले सरकारको निर्णयको बिरोध गरिरहेका छन् ।

जापानी सरकारले परमाणु दुषित पानी प्रशान्त महासागरमा फाल्ने निर्णय लिएपछि स्थानीयहरूले बिरोध जनाउँदै आन्दोलनसमेत गरेका छन् । उनीहरूले जापानी प्रधानमन्त्री जापानका प्रधानमन्त्री फुमियो काशिदाको सरकारी निवास अगाडि बिरोध प्रदर्शन गरेका छन् ।

जनमत सर्वेक्षणमा ८८।१ प्रतिशत नागरिका सरकारको सो निर्णयको बिरुद्धमा रहेको पाइएको राष्ट्रिय समाचार एजेन्सी क्यादोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !