१६ आश्विन २०८१, बुधबार

धादिङ बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, ८ जना घाइते

प्रकाशित मिति :  23 August, 2023 12:56 pm


काठमाडौं । धादिङ बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

बुधबार (आज) काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्यको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।

अहिले घटनास्थलमा नेपाल प्रहरी, गोताखोरसहितको सशस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । बसमा कति सवार थिए भन्ने यकिन भइनसकेको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए ।

धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस त्रिशुलीमा खसेको हो



प्रतिक्रिया दिनुहोस !