१६ आश्विन २०८१, बुधबार

संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच सहमति

प्रकाशित मिति :  23 August, 2023 2:20 pm


काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरूको बसेको बैठकले अवरुद्ध संसद् खुलाउनेदेखि सुन प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको स्रोतले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए ।

सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने अडान लिँदै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । संसदको अर्को बैठक आजै ३ बजेका लागि बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !