१६ आश्विन २०८१, बुधबार

इजिप्टमा २० लाख भन्दा बढी नागरिक बेरोजगार

प्रकाशित मिति :  23 August, 2023 3:31 pm


काठमाडौँ । इजिप्टको बेरोजगारी दर चालु वर्षको दोस्रो त्रैमासिकमा ०।१ प्रतिशतले घटेर ७ प्रतिशतमा पुगेको छ ।देशको तथ्यांक निकाय क्यापमासले मंगलबार जारी गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।

देशभर १२ लाख पुरुष र ९ लाख ४१ हजार महिलासहित २० लाख भन्दा बढी नागरिकहरु बेरोजगार रहेको बताइएको छ । ६१।८ प्रतिशत बेरोजगार नागरिकहरु १५ देखि २९ वर्ष उमेरसमूहका छन् ।

गत वर्षको यही अवधिमा भन्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १।३ प्रतिशतले वृद्धि भएको छ । इजिप्टको वार्षिक मुद्रास्फिती दर जुलाईमा बढेर ३८।२ प्रतिशत कायम भएको थियो ।



प्रतिक्रिया दिनुहोस !