१६ आश्विन २०८१, बुधबार

नेप्सेमा २९ अंकको वृद्धि हुँदा घोराही सिमेन्टको सर्वाधिक कारोबार

प्रकाशित मिति :  23 August, 2023 3:22 pm


काठमाडौं । साताको कारोबारको चौथोे दिन सेयरबजारमा रौनक देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक २९.४७ अंकले बढेर २०४५.४५ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ४.३० अंकले बढेर ३९०.२८ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ ओटै कम्पनीको सेयरमूल्य बढेको छ ।

बुधबार नेप्सेमा कारोबार रकमका आधारमा घोराही सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ७ करोड ५७ लाख ६५ हजार ८ सय ९४ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन कुथेली बुखरी स्मल हाइडोका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

त्यस्तै सिटिजन्स सुपर ३० म्यूचुअल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको मूल्य ७.८२ प्रतिशतले घटेको छ ।

कुल २७३ कम्पनीको ४२ लाख ३७ हजार ६९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५१ करोड ४ लाख ८८ हजार ९ सय ८४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !