१६ आश्विन २०८१, बुधबार

गिरीबन्धु टी स्टेटको जग्गा अनुसन्धान गर्दा हुन्छ : अध्यक्ष ओली

प्रकाशित मिति :  23 August, 2023 6:20 pm


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न आवश्यक भए सरकारले अनुसन्धान गर्नसक्ने बताएका छन् ।

आज (बुधबार) प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संसद् भवन परिसरमा सञ्चारकर्मीहररूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले गिरीबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नरहेको तर आवश्यक परे अनुसन्धान गर्दा हुने बताए । उनले सरकार लचिलो भएर सदन खुलाएकोमा धन्यवाद दिए ।

अध्यक्ष ओलीले अहिले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको र निष्पक्ष छानबिन हुने बताए ।

अध्यक्ष ओलीले उच्चस्तरीय छानबिन समिति बनेर समितिले सधैँका लागि यस्ता तस्करीहरू रोक्ने गरी अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !