१६ आश्विन २०८१, बुधबार

माओवादी केन्द्र रोल्पाले ३ महिने अभियानका लागि जिम्मेवारी बाँडफाँड गर्‍यो, को कहाँ ?

प्रकाशित मिति :  23 August, 2023 8:04 pm


रोल्पा । नेकपा (माओवादी केन्द्र) रोल्पाले ३ महिने अभियानका लागि जिम्मेवारी बाँडफाँड गरेको छ ।

आज सदरमुकाम लिबाङमा बसेको माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाको छैठौँ पूर्ण बैठकले जिल्ला भित्र अभियान सञ्चालनका लागि केन्द्रीय सदस्यलगायतका नेताहरूको जिम्मेवारी बाँडफाँड गरेको हाे ।

केन्द्रीय सदस्यहरूलाई पालिका इन्चार्जको जिम्मेवारी दिइएको छ । स्रोतले भन्यो,“अभियान सफल बनाउनका लागि केन्द्रीय सदस्यहरूको जिम्मेवारी तय भएको छ र सचिवालय गठन भएको छ र विभिन्न कार्यक्रम तय भएको छ ।”

बैठकले सुनिलस्मृति गाउँपालिका र रोल्पा नगरपालिकामा केन्द्रीय सदस्य सुरेन्द्र थापा,लुंग्री गाउँपालिका र सुनछहरी गाउँपालिकामा केन्द्रीय सदस्य आसबहादुर पुनमगर,रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा जिम्मेवारी दिएको छ ।

केन्द्रीय सदस्य कृष्णा केसी, माडी गाउँपालिका र गंगादेव गंगादेव गाउँपालिकामा सीता आचार्य, परिवर्तन गाउँपालिका र थबाङ गाउँपलिकामा केन्द्रीय सदस्य आईपी खरेलले अभियान इन्चार्जको जिम्मेवारी दिइएको छ ।

बैठकले अभियान सफल बनाउनका लागि सचिवालय समेत गठन गरेको छ । सचिवालयमा अभियान संयोजक पूर्ण घर्तीमगर, केन्द्रीय सदस्यहरू आइपी खरेल, कृष्णा केसी, सुरेन्द्र थापा ,आसबहादुर पुन मगर, प्रतिक,खिमबहादुर विक र रोल्पा जिल्ला संयोजक पूर्ण केसी रहेका छन् । तीन महिने अभियान सञ्चालनका लागि संयोजक एवं इन्चार्ज पूर्ण घर्तीमगर रहेका छन् ।

नेकपा (माओवादी केन्द्र)ले देशैभर भदौ १६ देखि तीन महिने सुरु गर्दैछ ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ माओवादी केन्द्रले देशैभरि एकैपटक ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सुरु गर्न लागेको हो । सोही अभियानका लागि नेकपा माओवादी केन्द्र राेल्पाले जिल्लाको जिम्मेवारी र कार्यक्रम तय गरेको हो ।



प्रतिक्रिया दिनुहोस !