१६ आश्विन २०८१, बुधबार

उपत्यकामा बिहानैदेखि वर्षा, यस्ताे हुनेछ आगामी २४ घण्टाकाे माैसम

प्रकाशित मिति :  24 August, 2023 7:28 am


काठमाडाैँ । काठमाडाैँ उपत्यका र आसपासकाे क्षेत्रमा बिहानैदेखि अविरल वर्षा भइरहेकाे छ । बिहीवार पनि देशभर हल्कादेखि भारी वर्षासम्मकाे सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेश लगायत कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको विभागकाे माैसम पूर्मानुमान बुलेटिनमा उल्लेख छ।

वर्षा हुने क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकाले सचेत गराइएकाे छ।

जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुराेध गरेकाे छ।



प्रतिक्रिया दिनुहोस !