१६ आश्विन २०८१, बुधबार

आज गाैरा पर्व, सुदूरपश्चिममा विशेष रूपमा मनाइँदै

प्रकाशित मिति :  24 August, 2023 8:41 am


काठमाडाैँ । आज गाैरा पर्व । सुदूरपश्चिम पर्वमा विशेष प्राथिमकताकासाथ गाैरा पर्व मनाइँदैछ । 

पार्वतीले कठाेर तपस्या गरी शिवलाइ पतिकाे रूपमा प्राप्त गरेकाे पाैराणिक मान्यता अनुरूप गाैरा पर्वमा पार्वती (गाैरी) काे पूजा अर्चना गरेर मनाइन्छ । 

महिलाहरू आफ्ना पतिको दीर्घायु, सुस्वास्थ्य एवं चिरस्थायी सम्बन्धका लागि कामना गर्छन् । सामाजिक एकता कायम गर्न पर्वले महत्वपूर्ण याेगदान गर्दै आएकाे विश्वास गरिन्छ । 

नेपाल मात्र नभइ नेपालको सुदूरपश्चिमनजिकका भारतीय क्षेत्रमा पनि यो पर्व मनाइदै आएको पाइन्छ । 

सुदूरपश्चिमेलीहरूले यो पर्वलाई दशैँपछिको सबैभन्दा ठूलो चाडको रूपमा मनाउदै आएका छन्। नयाँ पोसाकहरू लगाउने, मीठा परिकारहरू खाने र आफन्तहरू भेला भएर रमाइलो गर्ने चलन छ । 

घरभन्दा बाहिर भएका आफन्तहरू यस पर्वको महत्वलाई बुझेर गाउँ फर्कने गर्दछन् । चेलिबेटी र इष्टमित्रलाई प्रसादको रूपमा बिरुडा वितरण गर्ने चलन छ ।

काठमाडाैँमा पनि सुदूरपश्चिममा जनता भेला भएर गाैरा पर्व मनाउदै आइएकाे छ।



प्रतिक्रिया दिनुहोस !