१६ आश्विन २०८१, बुधबार

तीन महिने अभियानमा खटिन उपाध्यक्ष महरा र उपमहासचिव पुनलाई रोल्पामा वडा तोकियो

प्रकाशित मिति :  24 August, 2023 10:50 am


रोल्पा । नेकपा (माओवादी केन्द्र) रोल्पाले ३ महिने अभियानका क्रममा केन्द्रीय उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा र उपमहासचिव वर्षमान पुनको क्षेत्र टुंगो लगाएको छ ।

सदरमुकाम लिबाङमा हिजो बसेको माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाको छैठौँ पूर्ण बैठकले जिल्ला भित्र अभियान सञ्चालनका लागि केन्द्रीय सदस्यलगायतका नेताहरूको जिम्मेवारी बाँडफाँड गरेको हो ।

अभियानका कार्यक्रमा उपाध्यक्ष महरा सुनछहरी गाउँपालिका वडा नम्बर-७ जाने छन् भने उपमहासचिव पुन रोल्पा नगरपालिका-४ मा हुने छन् ।

माओवादी केन्द्र रोल्पाका संयोजक पूर्ण केसीले उपाध्यक्ष महरा र उपमहासचिव पुन अभियानका क्रममा जाने क्षेत्र टुंगिएको बताए ।

बैठकले सुनिलस्मृति गाउँपालिका र रोल्पा नगरपालिकामा केन्द्रीय सदस्य सुरेन्द्र थापा,लुंग्री गाउँपालिका र सुनछहरी गाउँपालिकामा केन्द्रीय सदस्य आसबहादुर पुनमगर,रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा जिम्मेवारी दिएको छ ।

केन्द्रीय सदस्य कृष्णा केसी, माडी गाउँपालिका र गंगादेव गंगादेव गाउँपालिकामा सीता आचार्य, परिवर्तन गाउँपालिका र थबाङ गाउँपलिकामा केन्द्रीय सदस्य आईपी खरेलले अभियान इन्चार्जको जिम्मेवारी दिइएको छ ।

नेकपा (माओवादी केन्द्र)ले देशैभर भदौ १६ देखि तीन महिने सुरु गर्दैछ ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ माओवादी केन्द्रले देशैभरि एकैपटक ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सुरु गर्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस !