१६ आश्विन २०८१, बुधबार

रुसको वागनर समूहका प्रमुखसहित १० जनाको विमान दुर्घटनामा मृत्यु

प्रकाशित मिति :  24 August, 2023 11:56 am


काठमाडौँ । रुसको निजी सैन्य समूह वाग्नर ग्रुपका प्रमुख एभगेनी प्रिगोजिनको विमान दुर्घटनामा निधन भएको छ ।

बुधवार वाग्नर समूहको निजी सैन्य कम्पनीका नेता एभगेनी प्रिगोजिनको मो नजिकैकको तेवेर क्षेत्रमा भएको विमान दुर्घटनामा निधन भएको हो । उनीसहित १० जनाको पनि दुर्घटानामा निधन भएको छ ।

विमान दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको बताइएको छ । रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटनामा मृत्यु हुनेहरुको सूचिमा एभगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !