१६ आश्विन २०८१, बुधबार

एमालेका सांसद सूर्य थापाले भने : ‘सरकार हरायो,खोजी गरी पाऊँ’

प्रकाशित मिति :  24 August, 2023 2:23 pm


काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले सरकार हराएको बताएका छन् । प्रतिनिधिसभाको आज (बिहीबार) बसेको बैठकमा सांसद थापाले प्रधानमन्त्री र एक जना पनि मन्त्री उपस्थित नभएपछि सरकार हराएको बताएका हुन् ।

उनले भने, ‘प्रतिनिधि सभा नियामावाली अन्र्तगत म सभामुख महोदयको गम्भीर ध्यानकर्षण गर्न चाहान्छु । प्रधानमन्त्री र एक जना पनि मन्त्री बैठकमा नदेखिनु यो सदनको अपमान हो ।’

सुनकाण्डको छानबिनको माग गर्दै गत साउन १० देखि अवरुद्ध हुँदै आएको संसद् हिजो (बुधबार)बाट सञ्चालन भएको हो ।



प्रतिक्रिया दिनुहोस !