१६ आश्विन २०८१, बुधबार

इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि फिर्ता लिन सांसद पौडेलको माग

प्रकाशित मिति :  24 August, 2023 2:49 pm


काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इज्नीनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि गर्ने निर्णय फिर्ता लिन माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पौडेलले २ सय प्रतिशत शुल्क वृद्धि गरिएको बताउँदै इन्जिनियरिङ शिक्षामा गुणस्तरीयता कायम गरेको र सामान्य जनताको पहुँच हुने अध्ययन संस्थामा अनुचित शुल्क वृद्धि भएको बताए ।

‘त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्क फिर्ता लिन पनि उनले माग गरेका छन् । त्रिविको इन्जिनियरिङ अध्ययन संस्थान आन्दोलित छ । त्यहाँ झन्डै दुई सय प्रतिशत शुल्क वृद्धि गरिएको छ ।’ उनले भने, ‘इन्जिनियरिङ शिक्षामा गुणस्तर कायम गरेको र सामान्य जनताको पहुँच हुने स्थितिमा सञ्चालन हुँदै आइरहेको इन्जिनियरिङ अध्ययन संस्थानमा जुन ढंगबाट शुल्क वृद्धि भइरहेको छ, त्यो अस्वाभाविक छ । तत्काल शुल्क वृद्धिको निर्णयलाई फिर्ता लिएर विद्यार्थीको माग पूरा गरियोस्’ ।

उनले त्रिभुवन विश्वविद्यालय भद्रगोल तरिकाले चलिरहेको बताउँदै त्यसलाई सुधार गर्नका लागि श्वेतपत्र जारी गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !