१६ आश्विन २०८१, बुधबार

खाद्यान्नमा मूल्यवृद्धि आकासिएको छ, बजार अनुगमन गरियोस्ः सांसद यादव

प्रकाशित मिति :  24 August, 2023 4:48 pm


काठमाडाैं । जनता समाजवादी पार्टी नेपालकी सांसद रेखा यादवले खाद्यान्नको मुल्यवृद्धि भएकोप्रति बजार अनुगमन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद यादवले चामल, चिनी, आँटा, प्याज लगायतको मूल्यवृद्धि आकासिएको बताएका हुन् ।

मूल्यवृद्धि नियन्त्रण गर्नका लागि बजार अनुगमन गनुपर्छ सांसद यादवले भने, पहिले नै व्यापारिहरुले भण्डारण गरेका खाद्य सामग्रीहरुलाई बाहिर निकालेर उचित मूल्यमा बिक्री गर्नुपर्छ, हाम्रो छिमेकी मुलुक भारतले चामल, चिनी, आँटा लगायत खाद्यान्न वस्तुको निर्यातमा भ्याट लगाइसकेपछि नेपाली बजारको मूल्यवृद्धि आकासिएको छ । यसैगरी प्याज त झन खानै नसक्ने, किन्नै नसक्ने,देख्नै नसक्ने भएको छ । सम्बन्धित निकायसँग म आग्रह गर्न चाहन्छु, बजार अनुगमन गरियोस् र व्यापारिहरुले पहिलेदेखि नै भण्डारण गरिरहेको खाद्य सामग्रीहरु बाहिर निकालोस् । उचित मूल्य लगाइ बजारमा ल्याओस् ।’

सांसद यादवले दलित समुदायको अवस्थामा अझैपनि परिवर्तन हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले दलित समुदायलाई कहिलेसम्म दास र भूमिहीन बनाइराख्ने भनि प्रश्न समेत गरे ।



प्रतिक्रिया दिनुहोस !