१६ आश्विन २०८१, बुधबार

गौरा पर्वको दिन तोकेर आउनुस्, सार्वजनिक बिदा दिन्छौँः सभापति देउवा

प्रकाशित मिति :  24 August, 2023 6:33 pm


काठमाडाैँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको दिन तोकेर राष्ट्रिय बिदा दिने बताएका छन्।

बिहीवार काठमाडौंमा आयोजित गौरा पर्वको अवसरमा एक कार्यक्रममा बोल्दै उनले गौरा पर्वको दिन तोकेर सल्लाह गरेर आए प्रधानमन्त्रीसँग आफूले गौरा पर्वमा बिदा दिन आग्रह गर्ने बताएका हुन्।

देउवाले गौरा पर्वको दिन बिदा दिनका लागि तिथि भन्दा पनि दिन तोकेर बिदा दिनुपर्ने बताए। उनले गौरा पर्व नेपालमा सुदूरपश्चिमबाट, कर्णालीका साथै उत्तराखण्डको केही भागमा मनाउने गरिएको बताए।

“यो सत्य कुरा हो की गौरा पर्व नेपालमा सुदूरपश्चिमबाट, कर्णालीका साथै उत्तराखण्डको केही भागमा पनि गौरा मनाउने चलन छ । गौरा पूजा गर्नै चलन छ । अर्को कुरा देउडा पनि सुदूरपश्चिम, उत्तराखण्डको केही भाग र नेपालको सुदूरपश्चिम र कर्णाली देउडाको थलो छ । देशभर नै देउडा पर्व पपुलर भएको छ ।,” देउवाले भने, “राष्ट्रिय बिदाको कुरा छ, यसको सम्बन्धमा के अफ्ठ्यारा छन्, कुन दिनलाई गौरा मान्ने ? कुन गतेलाई गौरा पर्व मान्ने ? तिथिमा हुन्छ, कुन दिनलाई गौरा मान्ने भन्ने तपाईहरु छलफल गर्नुहोस्, मिलाउनुहोस्, त्यही दिन प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु, त्यही दिनमा राष्ट्रिय गौरा पर्व मनाउने घोषणा गर्नुहुनेछ प्रधानमन्त्रीले ।”

सभापति देउवाले गौरा पर्व देशको लागि गौरवको विषय भएको बताए।



प्रतिक्रिया दिनुहोस !